Publication

02.10.2015

Kantipur Daily News

SHARE THIS PAGE:

News Sharing: From Kantipur Daily [27 July 2011]

पानी नपर्ने मुस्ताङमा बाढीपहिरोईश्वरी न्यौपानेपोखरा, श्रावण १० – पानी नपर्ने क्षेत्र माथिल्लो मुस्ताङमा सातायताको लगातार वषर्ाले पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । पहिलोपल्ट झरी र पहिरो सामना गर्नुपर्दा माथिल्लो मुस्ताङवासी आश्चर्यमा परेका छन् । पहिरोले खानेपानी र सिँचाइका पाइप, पुल, बाटोघाटो, रूखबिरुवा बगेका छन् । 

छुसाङ- ५ मा पहिरोले घर भत्किँदा ५९ वषर्ीया ङमिा ढुमा गुरुङको पुरिएर आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक राममणि उप्रेतीले बताए । शुक्रबार र शनिबार लगातार पानी परेपछि लोमान्थाङका विभिन्न गाउँमा पहिरो आएको हो । सातायता दिनहुँ पानी परिरहेको र मंगलबार पनि वषर्ा जारी रहेको लोमान्थाङ संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष इन्द्रधारा बिष्टले कान्तिपुरलाई बताए । 

मुस्ताङमा वषर्ा भएको पहिलोपल्ट हो । ‘यसअघि कहिल्यै यस्तो पानी परेको थाहा छैन,’ लोमान्थाङ-१ का ७० वषर्ीय मेनेफेन्दो लोवाले बिष्टको टेलिफोनमार्फत कान्तिपुरसँग भने । जलवायु परिवर्तनको असरका कारण यसरी अतिवृष्टि र अनावृष्टि भएको जल तथा मौसम विज्ञान विभाग क्षेत्रीय हावापानी कार्यालय पोखराका प्रमुख निराजन सापकोटाले बताए । सापकोटाका अनुसार पानी नपर्ने क्षेत्रमा पनि वषर्ा हुन थालेका छन् । 

३ हजार ७ सय ५० मिटरभन्दा उचाइको लोमान्थाङका सबै घरमा  पानी चुहिएर बस्न समस्या भएको छ । पानी नपर्ने भएकाले मुस्ताङका सबै घरका छाना माटोले बनाइएको हुन्छ । अधिकांश दुईतले घरको तल्लो तलामा समेत पानी चुहिएपछि बस्न समस्या भएको छ । कतिपय घरहरू भत्कन सक्ने देखिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका प्रमुख निरन्जन ढुंगानाले बताए ।

अर्कोतर्फ पहिरोले पाइप बगाएपछि खानेपानी आपूर्ति बन्द भएको छ । १ सय ८० परिवारले पिउँदै आएको खानेपानी योजनाको मुहानको ट्यांकी नै बाढीले पुरेको छ । करिब २ सय मिटर पाइप बगाएको छ । लोमान्थाङ दरबारमा पनि पानी चुहिएपछि त्यहाँ बसेका पर्यटक अन्यत्र हिँडेका छन् ।

हुयु सिँचाइ कुलो पनि भत्किएको छ । कुलो कतै पुरिएको छ भने कतै बगेको छ । लोमान्थाङ खोलाको दुईवटा काठे पुल बगेका छन् । सोही गाविसको धुई र धुराङ सिँचाइ कुलो पनि बगेका छन् । लोमान्थाङ र चराङ जाने ट्रस बि्रज क्षतिग्रस्त भएको छ । सञ्चार असुविधाले क्षतिका सबै विवरण आउन बाँकी रहेको ढुंगानाले बताए । हावापानी क्षेत्रीय कार्यालय पोखराका प्रमुख सापकोटाका अनुसार लोमान्थाङमा राखेको केन्द्र कर्मचारी अभावमा सञ्चालन हुन नसक्दा वषर्ा र तापक्रमको रेकर्ड हुन सकेको छैन ।

प्रकाशित मिति: २०६८ श्रावण ११ ०९:०८ 

NEWS

No posts found!!
VIEW ALL NEWS

PUBLICATIONS

No posts found!!
VIEW ALL PUBLICATIONS